मुम्बईमा भारी वर्षाबिच भवन भत्किँदा ६ जनाको मृत्यु
मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबिच एउटा जीर्ण आवासीय भवन भत्किँदा ५ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । लगातारको वर्षाले सडक जलमग्न बनेपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले सोमबार जनाएका छन् ।
मुम्बईकी मेयर ऋतु तावडेका अनुसार आइतबार सहरको पूर्वी भागमा रहेको उक्त भवन भत्किँदा त्यहाँका बासिन्दा भग्नावशेषमा पुरिएका थिए । उद्धार टोलीले घटनास्थलबाट शवहरू निकालेको बताइएको छ ।
भारत मौसम विज्ञान विभागले २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरेको जनाउँदै मुम्बईका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । निरन्तर वर्षा र तीव्र हावाको सम्भावनासँगै विद्यालय तथा कलेजहरू बन्द गरिएको छ ।
अधिकारीहरूले वर्षाका कारण रूख तथा संरचना ढल्ने जोखिम रहेकाले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक नभएसम्म घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।
मुम्बईमा हप्ता दिनदेखिको प्रचण्ड गर्मीपछि मुसलधारे वर्षा परेको हो । यसअघि गत महिना अधिकारीहरूले पानीको अभावका कारण पानीको प्रयोगमा प्रतिबन्ध लगाएका थिए भने स्विमिङ पुल र निर्माण स्थलहरूमा पानी आपूर्ति कटौती गरिएको थियो ।
दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको यो सहरमा डेटा–सेन्टर पूर्वाधार विस्तारसँगै पानीका स्रोतहरूमा थप दबाब पर्ने चिन्ता व्यक्त गरिएको छ । ती केन्द्रहरूलाई शीतलनका लागि ठूलो मात्रामा पानी आवश्यक पर्ने भएकाले आपूर्ति व्यवस्थामा थप तनाव सिर्जना हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
-
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
-
नेप्सेका सीईओको राजीनामा स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण