कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
सोमबार, २२ असार २०८३, १७ : २८
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अक्सनमा कर्णाली याक्सले क्रिकेटर सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद गरेको छ ।
- सोमबार राजधानीमा भएको अक्सनमा सुरुवातीमै तामाङलाई कर्णाली याक्सले खरिद गरेको हो ।
- अक्सनका लागि क्यानले १५५ खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेको छ र विभिन्न टोलीले ५२ खेलाडी अनुबन्ध गर्नेछन् ।
काठमाडौँ । क्रिकेटर सूर्य तामाङलाई कर्णाली याक्सले २ लाख रुपैयाँमा खरिद गरेको छ । सोमबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अक्सनमा सुरुवाती बोलीमै उनलाई कर्णाली याक्सले खरिद गरेको हो ।
अक्सन सोमबार राजधानीमा भइरहेको छ । अक्सनका लागि क्यानले अन्तिम छनोटमा परेका १५५ खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेको छ । क्याटेगोरी ‘ए’ मा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ खेलाडी रहेका छन् । अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीले ५२ खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण