मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध

सोमबार, २२ असार २०८३, २१ : १८
सोमबार, २२ असार २०८३

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सनमा राष्ट्रिय टोलीका खेलाडी आसिफ शेख लुम्बिनी लायन्समा आबद्ध भएका छन् ।
  • आसिफलाई लुम्बिनी लायन्सले अहिलेसम्मकै उच्च मूल्यमा खरिद गरेको छ ।
  • यस्तै, विवेक कुमार यादवलाई चितवन राइनोजले गोलाप्रथाबाट १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार राजधानीमा जारी खेलाडी अक्सनमा विभिन्न टोलीहरूले केही महत्त्वपूर्ण खेलाडीहरूलाई आफ्नो टोलीमा अनुबन्ध गरिरहेका छन् ।

यसै क्रममा राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर आसिफ शेख र युवा अलराउन्डर विवेक कुमार यादव पनि दुई फरक टोलीमा आबद्ध भएका छन् । 

यसअघि जनकपुरको कप्तानी सम्हालेका र राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका आसिफ शेखलाई लुम्बिनी लायन्सले अहिलेसम्मकै उच्च मूल्यमा खरिद गरेको छ । यस सिजनका लागि अघिल्लो टोलीले रिलिज गरेपछि अक्सनमा उनीमाथि उच्च बोली लागेको थियो । 

त्यसैगरी, अर्का चर्चित खेलाडी विवेक कुमार यादवलाई आफ्नो टोलीमा समेट्न चार वटा फ्रेन्चाइज टोलीबिच प्रतिस्पर्धा भएको थियो ।

उनीमाथि चारवटै टोलीले अधिकतम सीमाअनुसार समान १५ लाख रुपैयाँको बोली लगाएका थिए । बराबर मूल्यको बोली लागेपछि गरिएको गोलाप्रथामा चितवन राइनोज भाग्यमानी सावित हुँदै विवेकलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप