किसानलाई अनुदानमा कृषि उपकरण
तनहुँ । किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ। घिरिङ गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कम्वाइन मिल र हाते ट्रयाक्टर वितरण गरिएको हो।
पालिकाको रु ७५ लाख र किसानको ७५ लाख गरी रु एक करोड ५० लाखका लागतमा कृषि उपकरण खरिद गरिएको पालिकाका अध्यक्ष होमबहादुर थापाले बताए।
किसानका माग बमोजिम नौ हर्षपावरका १२० र सात हर्षपावरका ६० वटा हाते ट्रयाक्टर वितरण गरिएको छ । अध्यक्ष थापाले यसवर्ष १८० वटा हाते ट्रयाक्टर र कुटानी पिसानीका लागि १०० कम्वाइन मिल पनि वितरण गरिएको जानकारी दिए।
उनले भने,“गतवर्ष पनि कृषि उपकरणका लागि गाउँपालिकाले रु ७० लाख विनियोजन गरेको थियो ।” घरै पिच्छे कृषि यन्त्रिकरण भएपछि खेतबारी जोत्न छिटोछरितोका साथै कम जनशक्तिमा धेरै क्षेत्रफलमा खेती गर्न सहज भएको छ ।
गाउँपालिकाभित्रका जग्गा बाँझो नराख्ने गरेको भेटिए पनि बाँदर आतङ्कका कारण किसानले सास्ती खेप्नुपरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए।
गाउँघरमा कृषि यन्त्रिकरण भित्रिएसँगै गोरु पाल्ने परम्परा हराउँदै गएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण