बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बिहीबार, २५ असार २०८३, ०७ : १७
बिहीबार, २५ असार २०८३

सारांश

  • संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
  • बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछिन् ।
  • राष्ट्रिय सेवा दल विधेयक, २०८३ र नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि पनि छलफल हुनेछ ।

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्नेछिन् । 

‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१-२०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् । 

बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई समेत प्रस्तुत गर्ने कार्यसूची छ । 

“नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । 

22

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप