सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
सारांश
- सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ, जसमा आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सामान्य छलफल हुनेछ।
- सरकारका मन्त्रीहरूको अनुपस्थितिका कारण बुधबार स्थगित भएको बैठक आज पुनः सञ्चालन हुन लागेको हो।
- आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि नेकपा (एमाले) ले संशोधन प्रस्ताव ल्याउने तयारी गरेको छ भने नेपाली कांग्रेसभित्र पनि असन्तुष्टि कायमै छ।
धनगढी । बुधबार स्थगित भएको सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गर्ने कार्यसूची रहेको छ।
बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि सभामुख भीम भण्डारीले बैठक स्थगित गरेका थिए। प्रदेश सभा सचिवालयका सचिव युवराज जैशीका अनुसार सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गरिएको थियो।
प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट २३ दिनपछि मात्रै प्रदेश सभामा टेबुल गरेको थियो। बजेट टेबुल भएसँगै सत्ता साझेदार नेकपा (एमाले) ले संशोधन प्रस्ताव ल्याउने तयारी गरेको छ। एमाले संसदीय दलले बजेट यथास्थितिमा पारित गर्न नहुने निर्णय गर्दै संशोधन प्रस्ताव दर्ता गर्ने जनाएको छ।
उता, सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि बजेटलाई लिएर असन्तुष्टि कायमै छ। आफ्नै दलका केही सांसद र मन्त्रीहरूले बजेटप्रति असहमति जनाएपछि मुख्यमन्त्री कमलबहादुर शाहमाथि राजनीतिक दबाब बढेको छ।
बजेट विवाद समाधानका लागि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा (एमाले) का नेता डा. पुष्प कँडेल बुधबार धनगढी पुगेर आ–आफ्ना दलका प्रदेशस्तरीय नेता तथा सांसदसँग छलफल गरेका छन्। उनीहरूले बजेट विवाद, सत्ता गठबन्धनभित्रको असन्तुष्टि र आगामी रणनीतिबारे परामर्श गरेका हुन्। आज पनि छलफल हुने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण