‘लोकदोहोरी स्टार’ को देशव्यापी अडिसन हुँदै
सारांश
- लोक दोहोरी स्टार सिजन-२ को देशव्यापी अडिसन सुरु हुने भएको छ ।
- यो रियालिटी शोले नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ ।
- अडिसन असार २७ गते इटहरीबाट सुरु भई विभिन्न शहर हुँदै श्रावण ८ र ९ गते काठमाडौँमा सम्पन्न हुनेछ ।
काठमाडौँ । नेपाली लोक सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्य बोकेको रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन सुरु हुने भएको छ । एभेन्टोज स्टुडियोको आयोजना रहेको शो को सातै प्रदेशलाई समेट्ने गरी अडिसन सुरु हुन लागेको हो ।
आयोजकका अनुसार अडिसन असार २७ गते इटहरी, २९ गते चितवन, ३१ गते बुटवल, श्रावण १ गते नेपालगन्ज, श्रावण ४ गते पोखरा तथा श्रावण ८ र ९ गते काठमाडौँमा हुनेछ ।
शोका निर्णायकमा गायिका कोमल वली र गायकद्धवय राजु परियार र चन्द्र शर्मा रहेका छन् । शो को दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउन कुनै कसुर बाँकी नछोड्ने आयोजक एभेन्टोज स्टुडियोले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता खुला रहनेछ । आयोजकले नेपाली लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोकभाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न–उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने जनाएको छ । शो एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण