प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
बिहीबार, २५ असार २०८३, ११ : ३९
सारांश
- नेकपा एमालेले प्रतिनिधि सभा नियमावली विपक्षी दलका सांसदहरू मात्रै बनाइएको हो कि सत्ता पक्षका लागि पनि हो भन्दै प्रश्न गरेको छ ।
- एमाले सांसद एसुदाकुमारी बरालले सत्तापक्षलाई नियमावली विपरीत काम गरेमा कारबाही हुनुपर्ने वा विपक्षीलाई मात्रै हो भनी सभामुखले स्पष्ट पार्नुपर्ने बताइन् ।
- उनले कानुन सबैलाई बराबरी लागू हुनुपर्ने भन्दै प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएको र माफी नमागेको विषयमा प्रश्न उठाइन् ।
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा नियमावली विपक्षी दलका सांसदहरू मात्रै बनाइएको हो कि सत्ता पक्षका लागि पनि बनाइएको हो भन्दै प्रश्न गरेको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै एमाले सांसद एसुदाकुमारी बरालले कि सत्तापक्षलाई पनि नियमावली विपरीत काम गरेमा कारबाही गर्नुपर्ने, होइन भने विपक्षीलाई मात्रै हो भन्दै सभामुखले बताइदिनुपर्ने बताइन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकडबाट नहटाइएको र माफी पनि नमागेको विषयमा सांसद बरालले यो विषय उठाएकी हुन् ।
उनले कानुन सबैलाई बराबरी लाग्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण