सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
सारांश
- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूलाई ५ दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् ।
- सांसद कामीले सरकारले सुकुमबासीहरूको समस्या समाधानका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्नुपर्नेमा जोड दिइन् ।
- उनले लगतबाट छुटेका वास्तविक सुकुमबासीको निष्पक्ष पहिचान गरी उनीहरूलाई पनि सम्मानसहित राहतको व्यवस्था गर्न माग गरेकी छन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूलाई ५ दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै उनले उक्त माग गरेकी हुन् ।
सांसद कामीले सरकारले सुकुमबासीहरूको समस्या समाधानका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्नुपर्नेमा जोड दिइन् । सरकारले सुकुमबासीहरूको समस्या नगद बाँडेर अस्थायी रूपमा समाधान गर्न खोज्न नहुने र उनीहरूलाई सुरक्षित आवाससहितको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद कामीले संसदमा बोल्दै भनिन्, ‘५ दिन भित्र आश्रय खाली गर्न दिइएको अल्टिमेटम फिर्ता लिइयोस्. अर्को अस्थायी रूपमा नगद बाँडेर जिम्मेवारीबाट पन्छिने होइन, उनीहरूलाई सुरक्षित आवास र दीर्घकालीन समाधानको कार्ययोजना तत्काल सार्वजनिक गरियोस् ।’ उनले लगतबाट छुटेका वास्तविक सुकुमबासीको निष्पक्ष पहिचान गरी उनीहरूलाई पनि सम्मानसहित राहतको व्यवस्था गर्न माग गरेकी छन् ।
बैठकमा बोल्ने क्रममा सांसद कामीले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जवाफदेही नभएको भन्दै आक्रोश समेत व्यक्त गरिन् । सुकुमबासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण