‘तिरिमिरी झ्याइँ’को मुहूर्त, कमेडियन सुमन कोइराला हिरोमा डेब्यु गर्दै
सारांश
- फिल्म ‘तिरिमिरी झ्याइँ’को शुभ–मुहूर्त कमलादी गणेश मन्दिरमा सम्पन्न भएको छ ।
- यो हास्यव्यङ्ग्यात्मक फिल्मबाट कमेडियन सुमन कोइरालाले हिरोको रूपमा डेब्यु गर्दैछन् ।
- यस फिल्मको छायाङ्कन असार २९ गतेबाट सुरु हुनेछ र समीरले निर्देशन गर्नेछन् ।
काठमाडौँ । फिल्म ‘तिरिमिरी झ्याइँ’को शुभ–मुहूर्त गरिएको छ । बिहीबार कमलादी गणेश मन्दिरमा आयोजित एक कार्यक्रममा फिल्मका कलाकार र प्रबिधिकको उपस्थितिमा फिल्मको शुभ–मुहूर्त गरिएको हो । फिल्मको छायाङ्कन यही असार २९ गतेबाट सुरु हुनेछ ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको हास्यव्यङ्ग्यात्मक यो फिल्मबाट कमेडियन सुमन कोइराला हिरोको रूपमा डेब्यु गर्दैछन् । सुमन सहित फिल्ममा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा तयार हुन लागेको यस फिल्म समीरले निर्देशन गर्दैछन् । मुहूर्त कार्यक्रममा निर्देशक समीरले फिल्म दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने निर्माण हुने बताए ।
विशाल कक्षपतिको छायाङ्कन, अभिषेक कार्की सङ्गीतकार रहेको फिल्मको गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन् । यसमा करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन् ।
प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण