संसद् बैठक
एमालेको प्रश्न : बालेन सरकार एक चीन नीति विरुद्ध हो ?
बिहीबार, २५ असार २०८३, १४ : ३५
सारांश
- नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको सरकारले एक चीन नीति विपरीत काम गरेको आरोप लगाएको छ ।
- एमाले प्रमुख सचेतक ऐन महरले दलाई लामाको जन्मदिन मनाउन दिएर सरकारले नेपालको परराष्ट्र नीतिलाई चुनौती दिएको बताए ।
- उनले यो कार्यले नेपाल र चीनबीचको सम्बन्ध खलबल्याउने भन्दै एमालेले यसको विरोध गर्ने बताए ।
काठमाडौँ । नेकपा एमालेले वर्तमान बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार नेपालले अवलम्बन गर्दै आएको एक चीन नीति विरुद्ध गएको हो ? भन्दै सरकारलाई प्रश्न गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले बालेन सरकारले पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन दिएर नेपालको परराष्ट्र नीतिलाई चुनौती दिएको बताए ।
उनले लामाको जन्मोत्सवका अवसरमा असार २२ गते स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा भएको कार्यक्रमले नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भए देखिको सुमधुर सम्बन्धलाई खलबल्याउने काम गरेको बताए । महरले उक्त राष्ट्रहित विरोधी कामको एमालेले विरोध गर्ने भन्दै त्यसबारे चीनका लागि सात पूर्व राजदूतहरूले समेत विरोध गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस अन्तरविरोध : दुवै पक्षका अडान पार्टी जुटाउन कि फुटाउनतिर ?
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
चार सातादेखि मधेसको बजेट अल्झियो, प्रतिपक्षीको अवरोधले ठप्प प्रदेश सभा
-
गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल
-
गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
-
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण