अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
काठमाडौँ । इरानका दिवङ्गत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि बिहीबार मशहदमा परिवारका सदस्यहरूको उपस्थितिमा मात्र गरिने भएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अन्त्येष्टि समारोह सीमित पारिएको हो । यससँगै इरानका वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी पहिलो पटक सार्वजनिक रूपमा देखिने हुन कि भन्ने चासो पनि बढेको छ ।
मोज्तबा खामेनी आफ्नो पिता अली खामेनीको हत्यापछि सर्वोच्च नेताको जिम्मेवारीमा नियुक्त भएका थिए। गत फागुनमा अमेरिका र इजरायलको समन्वित आक्रमणमा अली खामेनीको हत्या भएको थियो।
त्यस घटनापछि इरान र अमेरिका–इजरायलबिच करिब ४० दिनसम्म युद्ध चलेको थियो। यद्यपि सरकारी सञ्चारमाध्यमले अन्त्येष्टिमा सहभागी हुने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन। मोज्तबा खामेनी वास्तवमै अन्त्येष्टिमा सहभागी हुने वा नहुने अझै स्पष्ट भएको छैन ।
गत एक सातादेखि सञ्चालन भएका श्रद्धाञ्जली कार्यक्रमहरूमा मोज्तबा खामेनी कतै पनि सार्वजनिक रूपमा देखिएका छैनन्। त्यस अवधिमा उनका दाजुभाइ मोस्तफा खामेनी, मसउद खामेनी र मैसम खामेनीले परिवारको प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए।
यसैबिच अमेरिका–इरानबिच पुनः सैन्य तनाव चर्किएसँगै सुरक्षा चुनौती पनि बढेको छ। गत साता इजरायली अधिकारीहरूले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई पनि मार्ने लक्ष्यमा रहेको चेतावनी दिएका थिए।
फेब्रुअरीमा भएको अमेरिकी–इजरायली आक्रमणका क्रममा मोज्तबा खामेनी घाइते भएको बताइएको छ । त्यसयता उनी सार्वजनिक रूपमा कतै नदेखिएको र गोप्य स्थानमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युद्ध सुरु भएदेखि उनले आफ्ना समर्थकहरूलाई लिखित सन्देशमार्फत मात्रै सम्बोधन गरेका छन्। उनले हालसम्म कुनै सार्वजनिक भाषण दिएका छैनन् र उनको आवाजसमेत सार्वजनिक भएको छैन।
गत एक सातादेखि इरान र इराकका पाँच प्रमुख सहरमा अली खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न लाखौं मानिस सहभागी भएका छन्। तेहरान, कुम, करबला, नजफ र अन्तिम गन्तव्य मशहदमा आयोजित शोक यात्रापछि बिहीबार परिवारको उपस्थितिमा उनको अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण