शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डाँका मुद्दामा २०५६ सालदेखि फरार प्रतिवादी पक्राउ

शुक्रबार, २६ असार २०८३, १० : २७
शुक्रबार, २६ असार २०८३

सारांश

  • डाँका मुद्दामा २०५६ सालदेखि फरार भुप नारायण साहलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ ।
  • पर्सा जिल्ला अदालतले उनलाई ६ वर्ष कैद र ७२ हजार जरिवानाको फैसला सुनाएको थियो ।
  • साहले ५ वर्ष ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रहेको छ ।

काठमाडौँ । डाँका मुद्दामा लामो समयदेखि फरार एकजना प्रतिवादीलाई प्रहरीले सप्तरीको खडक नगरपालिका वडा नम्बर–५ बाट पक्राउ गरेको छ  । पक्राउ पर्नेमा खडक नगरपालिका–५ घर भएका नारायण शाह तेली भन्ने भुप नारायण साह छन् ।

प्रतिवादीलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले जानकारी दिए । पर्सा जिल्ला अदालतले २०५६ जेठमा  उनलाई ६ वर्ष कैद र ७२ हजार जरिवाना हुने फैसला गरेको थियो । त्यसबेला केही दिन हिरासतमा बसेर निस्केका साहले ५ वर्ष ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी देखिएको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर श्याममणि पोखरेलको कामाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई कारागार कार्यालय राजविराज चलान गरिएको डीएसपी घिमिरेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप