सरकारलाई घचघच्याउन मिटरब्याज पीडितको ‘न्याय मार्च’, एक हप्तामा काठमाडौँ पुग्ने
सारांश
- मिटरब्याज पीडितहरूले शोषण र अत्याचारविरुद्ध न्याय माग्दै काठमाडौँसम्म पैदल 'न्याय मार्च' सुरु गरेका छन्।
- सरकारले यसअघि गरेका लिखित सहमतिहरू कार्यान्वयन नभएपछि दबाब दिनका लागि यो पैदल यात्रा आयोजना गरिएको हो।
- यो टोली करिब एक सातामा काठमाडौँ पुग्ने अनुमान छ र न्याय नपाएसम्म आन्दोलन जारी राख्ने पीडितहरूले बताएका छन्।
धनुषा । मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्याय माग्दै काठमाडौँ हिँडेका पीडितहरू धनुषाको ढल्केबर पुगेका छन्।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको यो पैदल ‘न्याय मार्च’ सङ्घीय राजधानी काठमाडौँसम्म पुग्ने तय भएको छ। मिटरब्याजको समस्या समाधान गर्न सरकारलाई दबाब दिने उद्देश्यले उनीहरू मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पैदल यात्रामा निस्किएका हुन्।
_zGoxX05Xzc.jpg)
जनकपुरधामको तिरहुतियागाछीमा कार्यक्रम गरेर बिहीबार साँझ ५ बजे हिँडेका पीडितहरू यात्राको दोस्रो दिन बिहानै ढल्केबर आइपुगेका हुन्। न्यायको खोजीमा रहेका यी आन्दोलनकारीहरू धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अगाडि बढिरहेका छन्। यो पैदल टोली करिब एक साताको अवधिमा सङ्घीय राजधानी काठमाडौँ पुग्ने अनुमान गरिएको छ।
_M4TvjWtIEM.jpg)
सरकारले यसअघि मिटरब्याज पीडितहरूसँग चार पटकसम्म लिखित सहमति गरे पनि ती सहमतिहरू अझै कार्यान्वयन भएका छैनन्। राज्यले आफूहरूसँग गरेका बाचा र सहमतिहरू कागजमै सीमित भएपछि फेरि पनि सरकारलाई घचघच्याउन र दबाब दिन काठमाडौँसम्मको लामो पैदल यात्रा तय गर्नुपरेको पीडितहरूको भनाइ छ। साहुमहाजनको ऋणको चक्रव्यूहमा फसेका किसान र मजदुरहरू न्याय नपाएसम्म आफ्नो आन्दोलन नरोकिने सङ्केत गर्दै सडकमा उत्रिएका छन्।
_RYMSNfNRlh.jpg)
_IpNisvFBvm.jpg)
_74zNm1mHee.jpg)
_Togmg5ZZNi.jpg)
_QaWxrHVPRY.jpg)
_5RxtjF8SZx.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण