‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले नियम मान्दा जीवन कठिन भए वा मर्न सजिलो भए नियम पुनरावलोकन गर्नुपर्ने वा नियमबारे थप बुझाउनुपर्ने बताएका छन्।
- उनले पठाओ चालकको आत्मदाह र देशमा बढ्दो आत्महत्या दरलाई जोड्दै सरकार र पार्टी समर्थकलाई नागरिकको ज्यानभन्दा ठूलो तर्क नगर्न आग्रह गरेका छन्।
- सांसद कार्कीले नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको यथार्थ औंल्याउँदै मानसिक समस्या र आवेग कम गर्न समाजमा खुला कुराकानी र सही जानकारी बाँड्न आह्वान गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले सरकारी नीति र नागरिकको जीवन रक्षाका विषयमा प्रश्न उठाएका छन्।
पठाओ चालक गणेश नेपालीको आत्मदाहको घटना र देशमा बढ्दो आत्महत्याको दरलाई जोड्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नै पार्टीका समर्थक र सरकारलाई आत्मालोचना गर्न आग्रह गरेका हुन्।
एउटा मान्छेले नियम मान्दा अरूको अधिकार कटौती हुने भएकाले त्यसलाई कसुर मानेर सजाय तोकिएको सांसद कार्कीले स्पष्ट पारेका छन्। तर, नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, अथवा नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने त्यस्तो अवस्थामा कि त नियम पुनरवलोकन गरिनु पर्छ, कि त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढी मिहिनेत गर्नुपर्ने उनको ठहर छ।
मान्छे र नियममध्ये कुन रोज्ने भनेर कसैले प्रश्न गर्छ भने त्यो मूर्खता हुने भन्दै उनले आफूले सधैँ मान्छे नै रोज्ने घोषणा गरेका छन्। आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका समर्थकहरूलाई आग्रह गर्दै उनले सरकार र पार्टी जोगाउनका लागि मान्छेको ज्यान भन्दा भारी तर्क नगर्न सचेत गराएकी छन्। नागरिकको ज्यान भन्दा ठूलो कुनै पनि राजनीतिक दल वा सरकार हुन नसक्ने उनको बुझाइ छ।
नेपालको दुःखद यथार्थ औंल्याउँदै उनले समय पाइएको खण्डमा दिनमा १८ जनाले आत्महत्या गर्ने देश हो हाम्रो भन्ने बुझ्न सबैलाई आग्रह गरेका छन्। आत्महत्याको कारण या त मानसिक समस्या हुन्छ, या त आवेग हुन्छ भन्दै उनले यी दुवै कुरालाई कम गर्न सकिने बताएका छन्।
यस्ता गम्भीर सामाजिक र मानसिक समस्याका बारेमा खुला कुराकानी गर्न र समाजमा सही जानकारी बाँड्न उनले सबैलाई आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण