शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल

शुक्रबार, २६ असार २०८३, १३ : २१
शुक्रबार, २६ असार २०८३

सारांश

  • पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकार सञ्चालनकर्ता स्वयंले कानुनी राज्य कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुराको ज्ञान बुझ्नुपर्ने बताएका छन् ।
  • उनले गणेश नेपाली प्रकरणलाई स्मरण गर्दै सरकारले नागरिकसँग सहकार्य गर्नुपर्नेमा प्रतिद्वन्द्वी बढाउने क्रम जारी रहेको बताएका छन् ।
  • अर्यालले अहिले पनि लक्षणहरू राम्रा नदेखिएको र स्वर्गीय गणेश नेपाली तथा परिवारजनले न्याय पाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले कानुनी राज्य कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुराको ज्ञान सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नुपर्ने बताएका छन् । 

गणेश नेपाली प्रकरणलाई स्मरण गर्दै सामाजिक सञ्जालमा अर्यालले सरकारले नागरिकसँग सहकार्य गर्नुपर्नेमा  प्रतिद्वन्द्वी बढाउने क्रम जारी रहेको बताएका छन् । 

‘फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् । कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधि विधानको सही रूपमा पालना गर्नु पर्दछ’, अर्यालले भनेका छन्– ‘सबै विचारधारा, वर्ग समुदायहरूका नागरिकसँगको सहकार्यमा सत्य, निष्ठा र मानवताको आधारमा राज्य सञ्चालन हुनुपर्दछ ।’

सुशासनको मेरुदण्ड कानुनी शासन भएको भन्दै कानुनी शासन भएको देशमा आम नागरिकहरूलाई सास्ती नै सास्ती र सरकार सम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुन नहुने बताएका छन् । 

 ‘अहिले पनि लक्षणहरू राम्रा देखिएका छैनन् । स्वर्गीय गणेश नेपाली र परिवारजनले न्याय पाउनुपर्छ’, अर्यालले लेखेका छन् ।

11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप