विश्वप्रकाशको प्रश्न, ‘सरकार आशाको होइन त्रासको प्रतीक किन बन्दैछ?’
सारांश
- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पठाओ चालक गणेश नेपालीको आत्मदाह घटनालाई लिएर सरकार र नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
- उनले समाजमा आशा जगाउन नसक्नुको कारणबारे गहन दृष्टि दिनुपर्ने र प्रधानमन्त्रीलाई यस गम्भीरताप्रति सचेत रहन आग्रह गरेका छन्।
- शर्माले वर्तमान सरकार आशाको केन्द्र बन्नुको साटो त्रासको प्रतीक किन बन्दैछ भनी आक्रोश पोखेका छन्।
काठमाडौँ । पठाओ चालक गणेश नेपालीको आत्मदाहको घटनालाई लिएर नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार र नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
यो घटना नागरिकमा व्याप्त चरम निराशाको प्रतिनिधि रूप भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत देशको नेतृत्व तहलाई गम्भीर बन्न चेतावनी दिएका हुन्।
पुराना राजनीतिक दलहरू हटेर नयाँ शक्तिहरू सत्तामा आएपछि पनि समाजमा किन आशा जगाउन सकिएको छैन भन्ने विषयमा गहिराइमा पुगेर गहन दृष्टि दिनु जरुरी भइसकेको उपसभापति शर्माले उल्लेख गरेका छन्। प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले यो गम्भीरताप्रति गम्भीर बन्न आग्रह गरेका छन्। समाजमा आशा नै मरेर गयो भने कसैप्रति पनि विश्वास जीवित नरहने उनको ठहर छ।
विगतको घटना स्मरण गर्दै शर्माले हिजो प्रेम आचार्यलाई पनि राज्यले जीवनको आशामा बाँध्न नसकेको बताएका छन्। हिजोका घटनाबाट पाठ नसिक्दा आज फेरि यति छोटो समयमै नागरिकमा किन यस्तो गम्भीर निराशा पैदा भयो भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। हिजोका शीर्ष नेताहरूले सबै कुरा ठिकठाक भइरहेको छ भन्ने सोचेका कारण नै आज परिणाम नकारात्मक निस्किएको उनको बुझाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मेन्सन गर्दै उपसभापति शर्माले ‘के यो सबै कुरा ठिकठाक भइरहेको दृश्य हो’ भनी प्रश्न गरेका छन्। वर्तमान सरकार नागरिकका लागि आशाको केन्द्र बन्नुको साटो त्रासको प्रतीक किन बन्दैछ भन्दै उनले आक्रोश समेत पोखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण