खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी
सारांश
- इरानी सञ्चारमाध्यमका अनुसार दिवङ्गत सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टिमा ४ करोड १० लाखदेखि ४ करोड ३० लाखसम्म मानिस सहभागी भएका थिए ।
- ६ दिनसम्म चलेको अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रम तेहरान, कुम, नजफ, करबला र मशहद गरी पाँच शहरमा आयोजना गरिएको थियो ।
- गाजास्थित हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह तथा यमनका हुथी समूहका प्रतिनिधिहरू पनि अन्त्येष्टिमा सहभागी भएका थिए ।
तेहरान । इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा ४ करोड १० लाखदेखि ४ करोड ३० लाखसम्म मानिस सहभागी भएको इरानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
इरानको प्रेस टिभीले खामेनीको अन्त्येष्टिलाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठुलो शवयात्रा भएको दाबी गरेको छ । ६ दिनसम्म चलेको अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रम तेहरान, कुम, नजफ, करबला र मशहद गरी पाँच शहरमा आयोजना गरिएको थियो ।
औपचारिक सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम गत शनिबार तेहरानस्थित ग्रान्ड मोसल्ला धार्मिक परिसरबाट सुरु भएको थियो । त्यहाँ हजारौँ इरानी नागरिकले खामेनीको शवप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
समारोहमा इरानका क्षेत्रीय सहयोगी समूहका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । गाजास्थित हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह तथा यमनका हुथी समूहका प्रतिनिधिमण्डलले अन्त्येष्टिमा उपस्थिति जनाएको इरानी सञ्चारमाध्यमहरूले बताएका छन् ।
खामेनीको अन्त्येष्टि इरानकै सबैभन्दा पवित्र शिया धार्मिकस्थल इमाम रेजा दरगाह, मशहदमा गरिएको हो । उनी चार महिनाभन्दा बढी अघि तेहरानको मध्यभागस्थित आफ्नै निवासमा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणमा मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण