गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
सारांश
- मुगुका गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ जसले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए ।
- शरीरको करिब ५५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
- कलाकार दीपकराज गिरीले सरकारको आलोचना गर्दै यो घटनालाई सरकारको पहिलो विकेट पतन भएको बताएका छन् ।
काठमाडौँ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ ।
शरीरको करिब ५५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । नेपालीको निधनपछि सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको छ ।
यस्तैमा कलाकार दीपकराज गिरीले पनि यो घटनामा सरकारको आलोचना गरेका छन् । उनले गणेश नेपालीको मृत्युको दोषी सरकार रहेको आशय व्यक्त गर्दै सरकारको पहिलो विकेट पतन भएको बताएका हुन् । उनी लेख्छन्, ‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ ।’
त्यस्तै अर्का कलाकार सीताराम कट्टेल धुर्मुसले पनि फेसबुकमा स्ट्याटस लेख्दै गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्ने बताएका छन् । सिताराम लेख्छन्, ‘गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली । लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु । राज्य सबै नागरिकको साँचो अभिभावक बनोस् ।’
उनले देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागको भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
राजधानीमा गुठीको जग्गा ‘रैकर’ बनाउन किर्ते : आयोगले चलायो २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
धोबीखोलामा हामफालेकी महिलाको शव शिक्षण अस्पतालमा, अझै खुलेन पहिचान
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण