शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई

शुक्रबार, २६ असार २०८३, १३ : ५८
शुक्रबार, २६ असार २०८३

सारांश

  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राज्यको क्रूर र अमानवीय व्यवहारले नागरिकहरू आत्मदाह र आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।
  • उनले गणेश नेपालीको मृत्यु प्रकरण र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
  • भट्टराईले राज्य र सरकारलाई संविधान, कानुन, लोकतन्त्र, मानवअधिकार र नेपाली सभ्यताको सम्मान गर्न आग्रह गर्दै नेपालीहरू हेपिन तयार नभएको बताएका छन् ।

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राज्यका क्रूर र अमानवीय व्यवहारका कारण नागरिकहरू आत्मदाह र आत्महत्या गर्न बाध्य भइरहेको बताएका छन् । गणेश नेपालीको मृत्यु प्रकरण र सरकारको कार्यशैलीमाथि प्रश्न गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् । 

‘स्मरण रहोस् योगमाया न्यौपानेले अरुण नदीमा लिएको जलसमाधिको साहसिक निर्णय नेपालमा निरङ्कुश राणा शासन अन्त्यको बिज बनेको थियो’, भट्टराईले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राज्य र सरकार कार्यशैली बदल, व्यवहार बदल । तिमीभन्दा माथि संविधान छ । कानुन छ । लोकतन्त्र र मानवअधिकार छ । नेपाली समाजले निर्माण गरेको सभ्यता र संस्कृति छ । यो सबैको सम्मान गर । तिमीसँग अर्को कुनै विकल्प छैन । गणेश नेपालीहरू हेपिन तयार छैनन् ।’

yyy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप