नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
शुक्रबार, २६ असार २०८३, १४ : ४०
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ ।
- नेकपाका नेता वर्षमान पुनले नयाँ आशा र विश्वाससहित आएको सरकारको असफलतामाथि प्रश्न उठाएका छन् ।
- नेता पुनले सवारी दुर्घटना बढ्नु र कम्बोडियामा नेपाली नागरिक हिरासतमा पर्नुजस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफदेहीको माग गरेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता वर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका छन् ।
उनले नयाँ आशा र विश्वासको जनमतसहित आएको वर्तमान सरकार असफलता हो ? भन्दै प्रश्न गरे । त्यस्तै उनले पछिल्लो समय देशभर सवारी दुर्घटना बढ्दै गएको भन्दै दुर्घटनाको कारणका बारेमा सत्य तथ्य पत्ता लगाउँदै सरकार जबाफदेही बन्न माग गरे ।
साथै उनले लुम्बिनी प्रदेशका कुल १५ जना नेपाली नागरिक कम्बोडियामा हिरासतमा रहेको भन्दै उनीहरूको वास्तविक अवस्थाको जानकारी लिन र छिटोभन्दा छिटो उद्धार गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण