शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सभामुख अर्याल र युएईका विदेश व्यापार मन्त्रीबिच भेटवार्ता

शुक्रबार, २६ असार २०८३, १५ : ०५
शुक्रबार, २६ असार २०८३

सारांश

  • सभामुख देवप्रसाद अर्यालसँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश व्यापार मन्त्री महामहिम डा. थानी बिन अहमद अल जेयोउदीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • भेटमा सभामुख अर्यालले भ्रमणले नेपाल-युएई सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
  • युएईका विदेश व्यापार मन्त्री जेयोउदीले नेपालमा लगानी विस्तार गर्न इच्छुक रहेको र नेपाली श्रमिकको योगदानको प्रशंसा गरे ।

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश व्यापार मन्त्री महामहिम डा.थानी बिन अहमद अल जेयोउदीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा सभामुख अर्यालले वर्तमान संसद् गठन भएपछि युएईको तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै भ्रमणले नेपाल–युएई सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र सहकार्यका नयाँ आयामहरू खुल्ने विश्वास व्यक्त गरेको सभामुखको सचिवालयले जनाएका छ  ।

त्यस्तै, युएईका विदेश व्यापार मन्त्री डा.थानी बिन अहमद अल जेयोउदीले नयाँ सरकार गठनपछि आफ्नो पहिलो भ्रमण रहेको उल्लेख गर्दै भ्रमणले दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि युएई सरकार सकारात्मक रहेको र प्रविधि, पूर्वाधार, शिक्षा लगायतका क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको जेयोउदीको भनाइ थियो । 

मन्त्री जेयोउदीले युएईको विकासमा नेपाली श्रमिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाल–युएई सम्बन्धलाई थप उचाइमा पुर्याउन दुवै देशबिचको सहकार्य अझ विस्तार गरिने विश्वास व्यक्त गरे । 

मन्त्री अल जेयोउदीसहित १८ सदस्यीय प्रतिनिधिमण्डलले सभामुख अर्यालसँग भेट गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप