कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
शुक्रबार, २६ असार २०८३, २० : ४६
सारांश
- कपिलवस्तुमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुरेन्द्र खड्का पक्राउ परेका छन्।
- प्रहरीमा परेको उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले खड्कालाई नियन्त्रणमा लिएको हो।
- घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
कपिलवस्तु । कपिलवस्तुमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्युठान नगरपालिका-९ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका-५ हाटबजार बस्दै आएका २९ वर्षीय सुरेन्द्र खड्का रहेका छन्।
उनलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
-
यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण