आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी

आइतबार, २८ असार २०८३, ११ : ४९
आइतबार, २८ असार २०८३

सारांश

  • इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयर बेसमा प्रतिआक्रमण गरेको दाबी गरेको छ ।
  • आईआरजीसीका अनुसार उक्त हवाई अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी कमान्ड तथा नियन्त्रण केन्द्र र ड्रोन भण्डारण ह्याङ्गरहरू नष्ट पारिएको छ ।
  • यो आक्रमण अमेरिकी सेनाले इरानको सैन्य अड्डामा गरेको आक्रमणको प्रतिशोध भएको र थप आक्रमण भए कडा जवाफ दिइने चेतावनी आईआरजीसीले दिएको छ ।

अमान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयर बेस मा प्रतिआक्रमण गरेको दाबी गरेको छ ।

आइतबार बिहान इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीले सार्वजनिक गरेको आईआरजीसीको विज्ञप्तिअनुसार उक्त हवाई अड्डामा धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। आक्रमणबाट कमान्ड तथा नियन्त्रण केन्द्र र ड्रोन भण्डारण ह्याङ्गरहरू नष्ट भएको आईआरजीसीले दाबी गरेको छ ।

प्रिन्स हसन एयर बेस जोर्डनको वायुसेनाद्वारा सञ्चालन हुँदै आएको सैन्य हवाई अड्डा हो । अमेरिकी सेनाले इरानको दक्षिणी तटीय क्षेत्रमा रहेका सैन्य अड्डा र दूरसञ्चार टावरहरूमा गरेको हवाई आक्रमणको तत्काल प्रतिशोध भएको आईआरजीसीले यो आक्रमण जनाएको छ । विज्ञप्तिमा अमेरिकाले थप आक्रमण गरे त्यसको अझ कडा जवाफ दिइने चेतावनी पनि दिइएको छ ।

यस घटनाबारे प्रतिक्रिया लिन अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)सँग सम्पर्क गरिएको भए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप