पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
सारांश
- पछिल्लो एक हप्तामा आत्मदाहको प्रयास गरेका तीन जनाले ज्यान गुमाएका छन् ।
- वीर अस्पतालमा दुई जना र कीर्तिपुर अस्पतालमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
- देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् ।
काठमाडौँ । पछिल्लो एक हप्तामा आत्मदाहको प्रयास गरेका तीन जनाले ज्यान गुमाएका छन् । वीर अस्पतालमा दुई जना र कीर्तिपुर अस्पतालमा एक जनाले ज्यान गुमाएका हुन् ।
काठमाडौँको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहिका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो ।
राउत र नेपालीको वीर अस्पतालमा र मण्डलको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । राउतको मृत्यु गत शनिबार भएको हो ।
गणेश नेपालीले गत बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको आज राति करिब दुई बजे उपचारको क्रममा मृत्यु भएको हो । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् ।
भएका अस्पतालहरूमा समेत विशेषज्ञ चिकित्सकको चरम अभाव छ ।
जलन उपचारमा खटिने विशेषज्ञ चिकित्सकहरूमा प्लास्टिक र रिकन्स्ट्रक्टिभ सर्जन, जलन विशेषज्ञ, जनरल सर्जन, फिजियोथेरापिस्ट हुन् । जलन उपचारको मुख्य जिम्मेवारी सम्हाल्ने प्लास्टिक सर्जरी विधामा दर्ता भएका विशेषज्ञ चिकित्सकहरूको अवस्था निकै चिन्ताजनक र न्यून देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण