सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
मङ्गलबार, ३० असार २०८३, १० : ५२
सारांश
- मकवानपुरको इन्द्रसरोबर स्थित सिमखोलाले बगाएको स्कुटर फेला परेको छ ।
- सोमबार दिउँसो काठमाडौँबाट हेटौँडा जाँदै गरेको स्कुटर कुलेखानी ड्याम नजिकैको सिमखोलामा आएको बाढीले बगाएको थियो ।
- स्कुटर फेला परे पनि चालक भने अझै बेपत्ता छन् ।
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर स्थित सिमखोलाले बगाएको स्कुटर फेला परेको छ । सोमबार दिउँसो काठमाडौँबाट हेटौँडा तर्फ आउने क्रममा कुलेखानी ड्याम मुनिको सिमखोलाको बानढीले बगाएर हराएको उक्त स्कुटर फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी कुलेखानी काठमाडौँ मार्ग अन्तर्गत इन्द्रसरोबर–२ मा अवस्थित सिमाखोलाको लच्कामा आएको बाढीको उच्च बहावले स्कुटर बगाएको थियो ।
सडकबाट करिब २०० मिटर मुनि खोलामा बिहान १० बजेको समयमा स्कुटर फेला परेको प्रहरीले जनाएको छ ।
बा.प्र. ०२–०३२ च ८०५४ नम्बरको होण्डाको एभीएटर स्कुटर पेला परेर निकालिएको छ । उक्त स्कुटर चालक भने अझै बेपत्ता रहेका छन् । स्कुटर कसको नाममा छ भन्ने बारे बुझ्ने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण