सरकार विकासमा भन्दा बढी विवादमा अल्झियो : सांसद राना
सारांश
- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सन्दीप रानाले वर्तमान सरकार विकासका काममा भन्दा बढी विवादमा अल्झिएको आरोप लगाएका छन्।
- सांसद रानाले सरकारले १०० दिनमा १०० काम गर्ने प्रतिबद्धता जनाए पनि ती दिनहरू विकासभन्दा बढी विवादमा बितेको उल्लेख गरे।
- उनले स्वास्थ्य क्षेत्रमा औषधिको अभाव, नेप्से परिसूचकमा गिरावट, युवा पलायन, कुपोषण, सुकुमबासीको बिचल्ली, किसानले मल नपाएको र सडकको दयनीय अवस्था जस्ता जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराए।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सन्दीप रानाले वर्तमान सरकार विकासका काममा भन्दा बढी विवादमा अल्झिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रानाले सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै जनसरोकारका विषयमा सरकार उदासीन रहेको बताएका हुन्।
सांसद रानाले सरकारले १०० दिनमा १०० काम गर्ने प्रतिबद्धता जनाए पनि ती दिनहरू विकासभन्दा बढी विवादमा बितेको उल्लेख गरे। स्वास्थ्य क्षेत्रको समस्या औँल्याउँदै उनले अस्पतालहरूमा रेबिज र क्यान्सर जस्ता गम्भीर रोगका औषधिको अभाव रहेको, नेप्से परिसूचकमा गिरावट आएको र निजी क्षेत्र सशङ्कित बनेको तर्फ सरकारको ध्यानाकर्षण गराए। यस्तै युवा पलायनको क्रम नरोकिएको र कुपोषणको समस्या तीव्र गतिमा बढिरहेको प्रति पनि उनले चिन्ता व्यक्त गरे।
बैठकमा बोल्दै उनले भने, ‘आज सुकुमबासीहरू बिचल्लीमा छन्, किसानले मल पाएका छैनन्, र वर्षातका कारण ग्रामीण सडकहरू हिलाम्मे हुँदा बालबालिकालाई विद्यालय जान कठिन भएको छ।’ यस्तो विपद्को समयमा पनि सम्बन्धित विभाग विगत तीन महिनादेखि नेतृत्वविहीन हुनु विडम्बनापूर्ण रहेको उनले बताए। राजदूत नियुक्तिका विषयमा बोल्दै उनले थपे, ‘राजदूत नियुक्ति राष्ट्रहितका लागि काम गर्ने गहन दायित्व हो, यसलाई विज्ञापन खोलेर पदपूर्ति गर्ने साधारण काम जस्तो बनाइनु हुँदैन।’
कूटनीतिक नियुक्तिहरूका सन्दर्भमा टिप्पणी गर्दै सांसद रानाले राजदूत नियुक्तिलाई सरकारले ‘जब भ्याकेन्सी’ को रूपमा बुझ्न नहुने बताए। सरकारले आफ्नो विफलता लुकाउन विगत ३५ वर्षमा केही भएन भन्ने ‘गलत भाष्य’ निर्माण गर्न खोजेको उनको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
-
सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
-
२२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण