बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?

बुधबार, ३१ असार २०८३, ०६ : ३०
बुधबार, ३१ असार २०८३

सारांश

  • चनेमा १६४ क्यालोरी, २७.४ ग्राम कार्बोहाइड्रेट, ७.६ ग्राम फाइबर, ८.९ ग्राम प्रोटिन, २.६ ग्राम बोसो, २.८९ मिलीग्राम फलाम र २९१ मिलीग्राम पोटासियम पाइन्छ ।
  • भिजाएको र उसिनेको दुवै चना पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छन्, तर संवेदनशील पेट भएकाहरूका लागि उसिनेको चना पचाउन सजिलो हुन्छ ।
  • चनाले तौल घटाउने, पाचन सुधार्ने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, मुटुको स्वास्थ्यलाई फाइदा पुर्याउने, ऊर्जा स्तर राम्रो राख्ने र हड्डी बलियो बनाउन मद्दत गर्छ ।

काठमाडौँ । नेपाली भातभान्सामा धेरै प्रयोग हुने अन्नमध्ये एक हो चना ।

केही मानिस चनालाई भिजाएर त्यत्तिकै खान रुचाउँछन् भने केही उसिनेर खान मन पराउँछन् । चनाको ग्रेभी र चनाको चाट पनि उत्तिकै लोकप्रिय छन् । चना खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । चना खानुका अनेक फाइदा छन् । यद्यपि, मानिसहरू चनालाई भिजाएर खाँदा राम्रो हुन्छ कि उसिनेर भन्ने द्विविधामा हुन्छन् ।

१०० ग्राम चनामा १६४ क्यालोरी, २७ दशमलव ४ ग्राम कार्बोहाइड्रेट, ७ दशमलव ६ ग्राम फाइबर, ८ दशमलव ९ ग्राम प्रोटिन, २ दशमलव ६ ग्राम बोसो, २ दशमलव ८९ मिलीग्राम फलाम र २९१ मिलीग्राम पोटासियम हुन्छ । चनाले शरीरलाई फस्फोरस, फोलेट र म्याग्नेसियम पनि दिन्छ ।

भिजेको र उसिनेको चना दुवै पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छन् । भिजाउँदा चना नरम हुन्छ । भिजाएर खाएपछि यो छिट्टै पच्छ । उसिनेको चना भुटेको चनाभन्दा छिटै पाक्छ । यदि तपाईंलाई कुरुमकुरुम गर्ने अनि काँचो बनावट भएको चना मन पर्दैन भने भिजाएको चना खान सक्नु हुन्छ । संवेदनशील पेट भएकाहरूका लागि उसिनेको चना राम्रो विकल्प हो । उसिनेपछि चना पचाउन सजिलो हुन्छ ।

यस प्रकार छन् चना खानुका फाइदाः

तौल घटाउने– चना खाँदा तौल घटाउन मद्दत गर्छ । चनामा प्रोटिन र फाइबर प्रशस्त मात्रामा हुन्छ, जसले पेटलाई लामो समयसम्म भरिपूर्ण राख्न मद्दत गर्छ, जसले गर्दा अत्यधिक खानाको सेवन कम हुन्छ ।

पाचन सुधार्छ– चनामा रहेको डाइट्री फाइबरले पाचनलाई राम्रो बनाउन मद्दत गर्छ । चनाले कब्जियत कम गर्न पनि मद्दत गर्छ ।

रगतमा चिनीको मात्रा नियन्त्रण– चनामा कम ग्लाइसेमिक इन्डेक्स हुन्छ । यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले रगतमा चिनीको स्तर स्थिर गर्न मद्दत गर्छ ।

मुटुको स्वास्थ्यलाई फाइदा– चना खानुले मुटुको स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ । चनामा पाइने फाइबर, पोटासियम र म्याग्नेसियमले मुटुलाई स्वस्थ बनाउन सहयोग गर्छ । चना खाँदा कोलेस्ट्रोल व्यवस्थापनमा पनि मद्दत गर्न सक्छ ।

ऊर्जा स्तर राम्रो रहन्छ– चनामा रहेको फलामले हेमोग्लोबिन उत्पादन गर्न मद्दत गर्छ । यसले शरीरमा अक्सिजन प्रवाह सुधार गर्छ जसले गर्दा शरीरमा ऊर्जा कायम रहिरहन्छ ।

हड्डीका लागि फाइदा– चना खाँदा हड्डीलाई पनि फाइदा हुन्छ । चनामा म्याग्नेसियम र फस्फोरस जस्ता खनिजहरू हुन्छन्, जसले हड्डीको राम्रो स्वास्थ्यमा योगदान पुर्‍याउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप