संसद् बैठक
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
बुधबार, ३१ असार २०८३, १४ : ३२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले सरकारको सय दिनपछि समीक्षा गर्ने चलन रहे पनि संसद्को समेत समीक्षा हुनुपर्ने बताएका छन् ।
- उनले सामान्यतया सरकारको सय दिनपछि समीक्षा गर्ने अभ्यास रहेको तर संसद्को हकमा यस्तो अभ्यास नभएको बताए ।
- सांसद आचार्यले सांसदहरूको उपस्थिति, विधेयकहरूको समृद्धि, समितिहरूको काम, नियम उल्लङ्घन र संसद्को गरिमाको विषयमा समीक्षा गर्न सभामुखसँग आग्रह गरे ।
काठमाडौँ । रास्वपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले सरकारको सय दिनपछि समीक्षा गर्ने चलन रहे पनि संसद्को त्यो परम्परा नभएको भन्दै संसद्को समेत समीक्षा गर्नुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले भने– ‘सामान्यतया सरकारको सय दिन पुगेपछि हनिमुन पिरियड सकिन्छ र त्यसको समीक्षा गर्ने अभ्यास छ’, उनले भने, ‘संसद्को हकमा हनिमुन पिरियड भन्ने सुनेजस्तो लाग्दैन ।तर संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला भयो जस्तो लाग्छ ।’
उनले संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो ? विधेयकहरू कति समृद्ध भए ? समितिहरूले कति काम गरे ? नियम उल्लङ्घन कति भए ? संसद्को गरिमा बढ्दो छ कि घट्दो भन्दै सबै विषयको समीक्षा गर्न सभामुखसँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण