श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
सारांश
- आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
- आजपाले चौकीदार, ड्राइभर, भान्से, कार्यालय सहयोगी र स्वीपर लगायतका कर्मचारीहरूलाई हटाउनु अन्यायपूर्ण र अमानवीय भएको उल्लेख गरेको छ ।
- पार्टीले ती कर्मचारीहरूलाई स्थायी दरबन्दीमा पदपूर्ति गरी अन्य राष्ट्रसेवक कर्मचारी सरह सेवा–सुविधा उपलब्ध गराउन माग गरेको छ ।
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
बुधबार आजपाले एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले चौकीदार, ड्राइभर, भान्से, कार्यालय सहयोगी र स्वीपर लगायतका कर्मचारीहरूलाई हटाउनु अन्यायपूर्ण र अमानवीय भएको उल्लेख गरेको छ ।
पार्टीका प्रवक्ता तिलक थापा मगरद्वारा हस्ताक्षरित वक्तव्यमा दशकौंदेखि राज्यलाई इमान्दारीपूर्वक आफ्नो सीप र क्षमता समर्पित गरेका राष्ट्रसेवकहरूलाई बिनाकारण अलपत्र पार्नु कानूनी शासनको उपहास भएको उल्लेख गरिएको छ ।
गरिब र दुःखी वर्गले काम गर्ने यी पदहरूबाट सेवा लिने तर अधिकार नदिने राज्यको व्यवहार पक्षपातपूर्ण रहेको आजपाको आरोप छ ।
विज्ञप्तिमा गणतन्त्र स्थापनापछि राजनीतिक नेतृत्वले हिजोका स्थायी दरबन्दीलाई करारमा बदलेर कर्मचारीमाथि अन्यायको बीउ रोपेको उल्लेख छ । अहिले आएर ती कर्मचारीहरूलाई हटाएर निजी कम्पनीमार्फत 'आउटसोर्सिङ' (बाह्य स्रोत) बाट काम गराउने सरकारको तयारी गोपनीयता र सुरक्षाको हिसाबले समेत गलत र जोखिमपूर्ण रहेको वक्तव्यमा औंल्याइएको छ ।
'लामो कालदेखि कुशलतापूर्वक काम गर्दै आएका श्रेणीविहीन एवं तल्लो तहका कर्मचारीहरूलाई हटाउने कार्य तुरुन्त रोक्न हामी सरकारसँग माग गर्दछौं,' प्रवक्ता थापा मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उनीहरूलाई स्थायी दरबन्दीमा पदपूर्ति गरी अन्य राष्ट्रसेवक कर्मचारी सरह सेवा–सुविधा उपलब्ध गराउन नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँछौं ।'
आजपाले राज्यको तल्लो तहमा रहेर सेवा गर्ने कर्मचारीको मानवीय संवेदनामाथि प्रहार नगर्न र उनीहरूको रोजीरोटीको सुनिश्चितता गर्न समेत सरकारलाई चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण