श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
सारांश
- प्रतिनिधि सभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।
- यस ऐतिहासिक दस्ताबेजको अनुमोदनले नेपालको श्रम निरीक्षण प्रणालीलाई थप व्यवस्थित बनाउने र श्रमिकहरूको अधिकार संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
काठमाडौँ । प्रतिनिधि सभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।
महासन्धि अनुमोदनका लागि प्रस्तुत गर्नुअघि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री यादवले यस ऐतिहासिक दस्ताबेजको अनुमोदनले नेपालको श्रम निरीक्षण प्रणालीलाई थप व्यवस्थित बनाउने बताए । उनले यसबाट श्रमिकहरूको अधिकार संरक्षणमा टेवा पुग्नुका साथै विद्यमान श्रम प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
मन्त्री यादवले महासन्धि पारित भएपश्चात् यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिने प्रतिबद्धता समेत जनाए । सदनमा मन्त्री यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई अनुमोदन गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कुनै पनि मत नपरेपछि महासन्धि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो ।
बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण