प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
सारांश
- बाहुबली स्टार प्रभासको आगामी फिल्म ‘फौजी’ आगामी ३ डिसेम्बर २०२६ मा विश्वभर रिलिज हुने भएको छ।
- निर्माण पक्षले प्रदर्शन मिति घोषणासँगै सार्वजनिक गरेको नयाँ पोस्टरले फ्यानहरूको उत्सुकता बढाएको छ।
- सन् १९४० को दशकमा ब्रिटिश शासनकालमा एक फौजीको बहादुरीमा आधारित यो फिल्म हनु राघवपुडीले निर्देशन गरेका हुन्।
मुम्बई । लामो समयदेखि चर्चामा रहेको बाहुबली स्टार प्रभासको आगामी फिल्म ‘फौजी’ को प्रदर्शन मिति निर्माण पक्षले घोषणा गरेको छ।
चलचित्र आगामी ३ डिसेम्बर २०२६ मा विश्वभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शन हुने भएको छ। चलचित्र समीक्षक तरण आदर्शले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमार्फत ‘फौजी’ को प्रदर्शन मितिबारे जानकारी दिएका हुन्।
निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति घोषणा गर्नुका साथै सार्वजनिक गरेको नयाँ पोस्टरले फ्यानहरूको उत्सुकतालाई निकै बढाएको छ। हाल सामाजिक सञ्जालमा ‘फौजी’ को यो नयाँ लुक्स र पोस्टर निकै चर्चाको विषय बनेको छ।
पिरियड ड्रामा एक्सन–थ्रिलर विधामा बन्न लागेको यस फिल्मलाई लिएर सिनेमा बजारमा निकै लामो समयदेखि उत्सुकता र आकर्षण बनेको थियो।
रिलिज डेट घोषणासँगै प्रभास स्टारर ‘फौजी’ को नयाँ पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा अभिनेताको निकै आक्रामक र खतरनाक लुक्स देखिएको छ। करिब एक वर्ष पहिले प्रभास स्टारर ‘फौजी’ को आधिकारिक घोषणा गरिएको थियो।
सन् १९४० को दशकमा नेपाल र भारत क्षेत्रमा रहेको ब्रिटिश शासनको कार्यकालमा एक फौजीले देखाएको बहादुरीको कथालाई यस चलचित्रमा समेटिएको छ। मैथरी मुभी मेकर्स र टी–सिरिज जस्ता ठूला फिल्मी ब्यानरको संयुक्त लगानीमा प्रभासको आगामी चलचित्र ‘फौजी’ को निर्माण भएको हो।
यस चलचित्रको निर्देशन दक्षिण भारतीय सिनेमाका प्रख्यात निर्देशक हनु राघवपुडीले गरेका हुन्। चलचित्र ‘फौजी’ मा प्रभासका साथै मिथुन चक्रवर्ती, जया प्रदा, इमानवी, अनुपम खेर र राजेश शर्मा जस्ता बलिउड तथा साउथका प्रतिष्ठित कलाकारहरूको मुख्य भूमिका रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
-
नुवाकोटबाट त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण