आज दुई संसदीय समितिको बैठक बस्दै
आइतबार, ०३ साउन २०८३, ०८ : १५
सारांश
- आज बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ ।
- बैठकमा बाल सुधार गृहका बालबालिकाको मानव अधिकारबारे उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।
- त्यस्तै, बिहान साढे ९ बजे अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल हुनेछ ।
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ ।
बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेस भएको प्रतिवेदन, २०८३ उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण