आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो

आइतबार, ०३ साउन २०८३, ०८ : ५८
आइतबार, ०३ साउन २०८३

सारांश

  • चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।
  • दुर्घटनामा घाइते भएका यात्रुलाई उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ ।
  • सडकखण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारु भएको छ ।

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।

आइतबार बिहान करिब ७ः१० बजे काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना हुँदा अवरुद्ध भएको सडक–खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप