अपडेट
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
सोमबार, ०४ साउन २०८३, ०१ : २६
सारांश
- जल तथा मौसम विज्ञान विभागले रूपन्देहीको तिलोत्तमा र पाल्पाको बल्ड्याङ्गदी आसपासका क्षेत्रमा भारी वर्षा भएको जनाएको छ ।
- विभागले पछिल्लो तीन घण्टामा ती क्षेत्रहरूमा निरन्तर वर्षा भइरहेको जानकारी दिएको हो ।
- भारी वर्षाका कारण खोलाहरूमा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले रूपन्देहीको तिलोत्तमा र पाल्पाको बल्ड्याङ्गदी वर्षामापन केन्द्र तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जनाउँदै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सोमबार बिहान १२ः५० बजे सूचना जारी गर्दै विभागले पछिल्लो तीन घण्टामा ती क्षेत्रहरूमा निरन्तर वर्षा भइरहेको जानकारी दिएको हो ।
भारी वर्षाका कारण सो क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ । विभागले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहने होचा भू–भागका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ । आकस्मिक बाढी र डुबानको सम्भावनालाई मध्यनजर गर्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित रहन र जलस्तरको सामान्य अवस्थामा पनि निरन्तर निगरानी राख्न विभागले ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण