यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
सारांश
- विश्वकप २०२६ का उत्कृष्ट खेलाडीहरूलाई विभिन्न व्यक्तिगत अवार्ड प्रदान गरिएको छ।
- स्पेनका कप्तान रोड्री उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बलका विजेता बने भने फ्रान्सका किलियन एमबाप्पेले गोल्डेन बुट अवार्ड जिते।
- स्पेनका गोलकिपर उनाई सिमोनले गोल्डेन ग्लोभ्स र डिफेन्डर पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।
काठमाडौं । फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई विभिन्न व्यक्तिगत अवार्ड प्रदान गरिएको छ। विश्व च्याम्पियन स्पेनका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बलका विजेता बने ।
स्पेनलाई दोस्रो पटक विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका रोड्रीले प्रतियोगिताभर मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको खेल सञ्चालन गरेका थिए। उनले अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै गोल्डेन बल जितेका हुन्। मेस्सीले सिल्भर बल र एमबाप्पेले ब्रोन्ज बल प्राप्त गरे।
सर्वाधिक गोलकर्ता बन्दै फ्रान्सका कप्तान किलियन एमबाप्पेले गोल्डेन बुट अवार्ड जिते। प्रतियोगिताभर १० गोल गरेका उनले लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाए।
स्पेनका गोलकिपर उनाई सिमोनले उत्कृष्ट गोलरक्षकका रूपमा गोल्डेन ग्लोभ्स (पन्जा) अवार्ड हात पारे। उनले प्रतियोगिताका आठ खेलमध्ये सात खेलमा क्लिनसिट राख्दै केवल एक गोल मात्र बेहोरे। यसक्रममा उनले विश्वकपमा लगातार ६०० मिनेटभन्दा बढी समय गोल नखाने कीर्तिमानसमेत कायम गरे।
यस्तै, स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भए। प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेका कुबार्सीले स्पेनको उपाधि यात्रामा महत्वपूर्ण योगदान दिएका थिए।
सोमबार बिहान सम्पन्न विश्वकप फाइनलको अतिरिक्त समयमा फेरान टोरेसको निर्णायक गोलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले विश्वकपको उपाधि जितेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण