सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ।
- आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ र प्रति १० ग्राम २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
- आज चाँदीको मूल्य पनि बढेको छ, प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ र प्रति १० ग्राम २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ तथा प्रति १० ग्राम २ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँ र प्रति १० ग्राम ३ हजार ७ सय ४७ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनका आधारमा नेपाली बजारमा सुन–चाँदीको दैनिक कारोबार मूल्य निर्धारण हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण