अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
काठमाडौँ । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन अस्पतालमा भर्ना भएका छन् । सोमबार आफ्नो ब्लगमार्फत अभिनेताले आफू अस्पतालमा भर्ना भएको, शल्यक्रिया गराएको र केही समय सघन उपचार कक्ष (आईसीयू)मा बसेको जानकारी दिएका छन्।
यद्यपि पोस्टमा उनले कहिले, कुन अस्पतालमा, किन र कति दिन उपचार गराए भन्ने विवरण भने सार्वजनिक गरेका छैनन्। ब्लगमा उनले लेखेका छन्,‘शल्यक्रियापछि अनुभवी चिकित्सक र स्वास्थ्यकर्मीहरूको निगरानीमा आईसीयूमा बसेर उपचार गराएपछि घर फर्किनु नै सबैभन्दा कठिन चरण हुने रहेछ।’
उनका अनुसार यो समय शारीरिक, मानसिक र दैनिक जीवनका सबै पक्षबाट चुनौतीपूर्ण हुन्छ । उनले लेखेका छन्, ‘तपाईं जीवनभर सम्मानित विजेता हुनुभएको हुन्छ, तर एक दिन हार तपाईंको सामुन्ने उभिन्छ । यही जीवनको सबैभन्दा कठिन समय हो,’ । अमिताभले केही मानिस कठिन परिस्थितिसँग साहसपूर्वक जुध्ने र केहीले हार मान्ने गरेको उल्लेख गरेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘जसले हिम्मत हार्दैन र सङ्घर्ष गरिरहन्छ, ऊ सधैँ च्याम्पियन रहन्छ । जसले त्यसो गर्न सक्दैन, उसले विगतका उपलब्धिका आधारमा जीवन बिताउँछ। दुवै बाटो गलत होइन। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्,’ । ब्लग प्रकाशित गरेपछि उनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘खेल समाप्त भया े! तर काम भने जारी छ ।’
गत मे महिनामा अमिताभ बच्चन मुम्बईको नानावटी अस्पतालमा भर्ना भएको दाबी गरिएको थियो । त्यतिबेला केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनी मे १६ देखि अस्पतालमा उपचाररत रहेको खबर आएको थियो।
तर परिवारनिकट स्रोतहरूले त्यसबेला उनी नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै अस्पताल गएको र परीक्षणपछि सोही दिन घर फर्किएको बताएका थिए। त्यसको पुष्टि हुने गरी मे १७ मा अमिताभ आफ्नो निवास ’जल्सा’ बाहिर आएर सधैँझैँ प्रशंसकलाई भेटेको भिडियो पनि सार्वजनिक भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण