नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
सारांश
- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ।
- टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो।
- नामिबियाका जेजे स्मितले ६ विकेट लिएपछि नेपाल १५७ रनमा समेटियो।
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ। नेदरल्याण्डमा मंगलबार भएकाे खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको थियो ।
पहिले ब्याटिङ गरेको नेपाली टोलीले ४६.५ ओभरमा आफ्ना सबै १० विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको हो ।नेपालका तर्फबाट ब्याटिङमा कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन र दीपेन्द्र सिंह ऐरीले ३० रनको योगदान दिए । त्यसैगरी, गुल्सन झाले २० रन, करण केसीले १८ रन, विकेटकिपर आसिफ शेखले १६ रन तथा सोमपाल कामीले १५ रन बनाए । अन्य ब्याटरहरूले दोहोरो रन बनाउन सकेनन् ।
बलिङतर्फ नामिबियाका जेजे स्मितले ९.५ ओभर बलिङ गर्दै १ मेडन ओभर सहित मात्र २७ रन खर्चिएर ६ विकेट लिए। त्यसैगरी ज्याक ब्रेसलले १० ओभरमा ३८ रन खर्चेर २ विकेट र बर्नाड स्कोल्जले १० ओभरमा २ मेडन ओभर राख्दै २२ रन खर्चेर २ विकेट हात पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण