बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

बुधबार, ०६ साउन २०८३, १२ : ०४
बुधबार, ०६ साउन २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
  • कार्यवाहक प्रमुख सुनिता डङ्गोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताइन् ।
  • यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोर वर्गीकरण गरिनेछ र जैविक फोहोरलाई कम्पोष्ट मल बनाउन उपयोग गर्ने योजना छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  महानगरले मंसिर अगाडी नै फोहोर स्थानान्तरण केन्द्र निर्माण सम्पन्न गरी मंसिरबाट सञ्चालनमा ल्याउने तयारी गरेको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । 

निर्माणाधीन केन्द्रको बुधवार अवलोकनपछि कार्यवाहक प्रमुख डङ्गोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताइन् । उनकाअनुसार हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्टाउने काम भइरहेको छ । यसले प्रदूषण र स्वास्थ्य जोखिम बढेकोले महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गर्न लागेको उनले जानकारी दिइन् । 

यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोर वर्गीकरण गर्ने उनले बताइन् । उनकाअनुसार केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी रहनेछ, जहाँ जैविक र अजैविक फोहोर छुटाइनेछ । अजैविक फोहोर पुनः प्रयोगको लागि पठाइने र जैविक फोहोर बञ्चरेडाँडातर्फ व्यवस्थापन गरिने उनले जानकारी दिइन् । उनले जैविक फोहोरहरुलाई कम्पोष्ट मल बनाउन उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताइन् ।

केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको मात्रा पनि घट्ने बताइएको छ । बुधवार कार्यवाहक प्रमुख ढंगोलले उक्त स्थानान्तरण केन्द्रको स्थलगत अनुगमन गरेकी हुन् ।  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप