काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
सारांश
- मनसुनी वायुको प्रभावले केही दिनदेखि निरन्तर वर्षा भइरहेको काठमाडौँ उपत्यकाको मौसम बुधबार बिहानैदेखि खुलेको छ।
- निरन्तरको वर्षाले काठमाडौँवासीको जनजीवन प्रभावित बनेको थियो, जसले गर्दा उपत्यकाका केही ठाउँ डुबानमा परेका थिए भने केही ठाउँमा सडक नै भासिएको थियो।
- मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर मेघगर्जनसहित मध्यम र भारी वर्षाको सम्भावना रहेको र पहाडी तथा तराई भू-भागमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ । नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ। यसकै कारण काठमाडौँ उपत्यकासहित देशभर केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। काठमाडौँको मौसम बुधबार बिहानैदेखि अघिल्ला दिनभन्दा खुलेको छ।
_ZdnuSo6IJ5.jpg)
निरन्तरको वर्षाले काठमाडौँवासीको जनजीवन प्रभावित बनेको थियो। उपत्यकाका केही ठाउँ डुबानमा परेका थिए भने केही ठाउँमा सडक नै भासिएको थियो।
_Fm6TtIY7az.jpg)
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव रहेकाले पानी पर्ने सम्भावना अझै छ। आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशभर मेघगर्जनसहित मध्यम र भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
_yGnl3XoChY.jpg)
देशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन वा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिनसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।
_djqCiSiPz7.jpg)
ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ।
_xMsUHFdkds.jpg)
वर्षा रोकिएपछि जगडोल, हलचोक र ह्वाइट गुम्बा क्षेत्रबाट काठमाडौँ सहर सुन्दर र सफा देखिएको छ।
_W9oxWjOHE7.jpg)
_AbFo5b9YQE.jpg)
_V8scqtyJx8.jpg)
_CgAoWiyTYI.jpg)
_g8aV0Zjghp.jpg)
_J0TJHITQw2.jpg)
_KxgY1eZf3C.jpg)
_GRUXWqaKou.jpg)
_NSAslon95e.jpg)
_I4V16qJWrT.jpg)
तस्बिर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण