बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मन्त्रिपरिषद् बैठक निर्णय

सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित

बुधबार, ०६ साउन २०८३, १६ : १७
बुधबार, ०६ साउन २०८३

सारांश

  • मिटरब्याज पीडित र सरकारी पक्षबिच भएको सम्झौतालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।
  • यो निर्णयसँगै मिटरब्याजसँग सम्बन्धित सबै लिखतहरू (तमसुक) आजकै मितिदेखि अवैध भएको छ ।
  • यसबाट मिटरब्याज पीडितले न्याय पाउने र फर्जी कागजातका आधारमा भइरहेको शोषण अन्त्य हुने विश्वास सरकारले लिएको छ ।

काठमाडौँ। मिटरब्याज पीडित र सरकारी पक्षबिच भएको सम्झौतालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्न गठित समिति र आन्दोलनरत पक्षबिच साउन १ गते भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले यो निर्णयसँगै मिटरब्याजसँग सम्बन्धित सबै लिखतहरू (तमसुक) आजकै मितिदेखि अवैध भएको बताए ।

सरकार र मिटरब्याज विरुद्ध आन्दोलनका प्रतिनिधिबिच भएको समझदारीलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो । यसबाट मिटरब्याज पीडितले न्याय पाउने र फर्जी कागजातका आधारमा भइरहेको शोषण अन्त्य हुने विश्वास सरकारले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप