बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
बीपी स्मृति दिवस

कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला

बुधबार, ०६ साउन २०८३, १७ : १४
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलेको बताएका छन् ।
  • उनले वर्तमान सभापति गगन थापा पक्षलाई बीपीको विचार सम्झँदै व्यक्तिवादी र स्वार्थीपन छाड्न चेतावनी दिए ।
  • उनले वडा अध्यक्षहरुलाई विना स्पष्टीकरण सदस्यता अद्यावधिक नगरेको नाममा निकालेको अवस्था स्वीकार्य नहुने बताए ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले नेपाली कांग्रेस अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलेको बताएका छन् । 

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिस्ष्ठानमा आयोजित कार्यक्रममा बोल्दै डा.कोइरालाले अहिलेको सरकारजस्तै कांग्रेस पनि हुकुमी शैलीमा चलिरहेको बताएका हुन् । 

‘कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ’, कोइरालाले भने–  ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो । तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ ।’ 

उनले वर्तमान सभापति गगन थापा पक्षलाई बीपीको विचार सम्झँदै व्यक्तिवादी र स्वार्थीपन छाड्न चेतावनी दिए ।  साथै उनले वडा अध्यक्षहरुलाई विना स्पष्टीकरण सदस्यता अद्यावधिक नगरेको नाममा निकालेको अवस्था रहेको भन्दै त्यो स्वीकार्य नहुने र पार्टी एकता कायम राख्न सभापति थापालाई अग्रसरता लिन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप