बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ

बुधबार, ०६ साउन २०८३, २१ : ३४
बुधबार, ०६ साउन २०८३

सारांश

  • सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरीमा संलग्न एक आरोपीलाई प्रहरीले काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको छ ।
  • पक्राउ परेका २३ वर्षीय नीराजन कुँवरलाई अनुसन्धानको लागि धनगढी लगिएको छ ।
  • गत भदौ २५ गते डिन डा. होमनाथ जोशीको बा.२ झ २८५९ नम्बरको स्कोर्पियो गाडी चोरी भएको थियो ।

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरीमा संलग्न एक जना आरोपीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ स्थित हिमालीटोल घर भएका २३ वर्षीय नीराजन कुँवर छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो । काठमाडौँबाट पक्राउ परेका कुँवरलाई अनुसन्धानको लागि धनगढीमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कैलाश विष्टले रातोपाटीलाई बताए ।

२०८२ भदौ २५ मा कुँवर सहितको समूहले दिनदहाडै सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य संकायका डिन डा.होमनाथ जोशीको निवासबाट गाडी चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । डिनको निवास धनगढी–५ स्थित हसनपुरमा पार्की गरेर राखेको बा.२ झ २८५९ नम्बरको स्कोर्पियो चोरी भएको थियो ।

आरोपी कैलाली जिल्ला अदालतबाट असार ३० मा चोरी तथा लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप