बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी

बुधबार, ०६ साउन २०८३, २३ : २९
बुधबार, ०६ साउन २०८३

सारांश

  • अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेयता ९ वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको र एउटा जहाजलाई निष्क्रिय पारेको जनाएको छ ।
  • अमेरिका र इरानबिच भएको समझदारी पत्र (एमओयू) भङ्ग भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत सातादेखि इरानमाथि पुनः नाकाबन्दी लागू गरेको हो ।
  • यसअघि मध्य अप्रिलदेखि मध्य जुनसम्म लागू भएको नाकाबन्दीका कारण इरानले तेल राजस्वबापत अर्बौँ डलर गुमाउनुपरेको अनुमान गरिएको छ ।

काठमाडौँ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेयता बुधबारसम्म ९ वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको र एउटा जहाजलाई निष्क्रिय पारेको जनाएको छ ।

अमेरिका र इरानबिच भएको समझदारी पत्र (एमओयू) भङ्ग भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत सातादेखि इरानमाथि पुनः नाकाबन्दी लागू गरेको हो । वासिङ्टनले इरानलाई आफ्ना सर्तहरूमा पुनः वार्ताको टेबलमा आउन दबाब दिने उद्देश्यले यो नाकाबन्दी पुनरावृत्ति गरेको बताइएको छ ।

यसअघि मध्य अप्रिलदेखि मध्य जुनसम्म लागू भएको नाकाबन्दीका कारण इरानले तेल राजस्वबापत अर्बौँ डलर गुमाउनुपरेको अनुमान गरिएको छ । इरानी संसद्का सभामुख एवं प्रमुख वार्ताकार मोहम्मद बगेर घालिबाफले जुन महिनाको अन्त्यतिर दिएको एक अन्तर्वार्तामा अघिल्लो नाकाबन्दीका क्रममा तेहरानले एक ब्यारेल तेल पनि निर्यात गर्न नसकेको स्वीकार गरेका थिए । 

अमेरिकी रक्षा मन्त्रालयका अनुसार, अघिल्लो नाकाबन्दीको अवधिमा अमेरिकी सेनाले १४० भन्दा बढी जहाजहरूको मार्ग परिवर्तन गराएको थियो भने ९ वटा जहाजलाई निष्क्रिय पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप