कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
सारांश
- नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ ।
- सभापतिमा गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले पुनरवलोकन निवेदन दिएका हुन् ।
- निवेदन ३ न्यायाधीशको इजलासमा पेसी तोकिने छ, जसले निस्सा दिएमा मुद्दा अघि बढ्नेछ ।
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ । सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले पुनरवलोकन निवेदन दिएका हुन् ।
उक्त निवेदन अब ३ न्यायाधीशको इजलासमा पेसी तोकिन्छ । तीन न्यायाधीशको इजलासले निस्सा दिएमा अघि बढ्छ भने नदिएमा टुङ्गो लाग्ने छ ।
कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बुधबार दिएको पुनरवलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ ।
गत वैशाख ४ मा सर्वोच्चले सभापति थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो । उक्त निर्णय त्रुटिपूर्ण भएको दाबी गर्दै शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण