अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
सारांश
- अभिनेत्री दीपाश्री निरौला मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।
- १८ दिन लामो उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी बिहीबार डिस्चार्ज भएकी हुन्।
- अभिनेत्री निरौला अस्पतालबाट डिस्चार्ज भएको पुष्टि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन्।
काठमाडौँ । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा १८ दिन लामो उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी बिहीबार डिस्चार्ज भएकी हुन्।
यसअघि अस्पताल प्रशासनले दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको थियो।
अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री निरौला अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन्।
अस्पतालबाट बाहिरिने क्रममा दीपाश्रीले आफ्नो उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, अन्नपूर्ण न्यूरो अस्पताल परिवार, सम्पूर्ण शुभेच्छुक तथा अस्पताल पुगेर स्वास्थ्यलाभको शुभकामना र आशीर्वाद दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण