शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा

बिहीबार, ०७ साउन २०८३, २० : १०
बिहीबार, ०७ साउन २०८३

काठमाडाैँ। हूथी विद्रोहीद्वारा ‘रेड सी’ क्षेत्रमा जहाजमाथि गरेको आक्रमण रोक्न युरोपेली सङ्घका प्रमुख कूटनीतिज्ञ काजा कल्लासले बिहीबार माग गरेका छन्। इरान समर्थित यमनी हुथी विद्रोहीहरूले साउदी जहाजमा आक्रमण गरेपछि उनकाे यो भनाइ आएको हो।

“रेड सीमा एउटा तेल ट्याङ्करमाथिको आक्रमण अस्वीकार्य, अवैध र क्षेत्रीय अस्थिरतालाई थप बढाउने कार्य हो,“ इयूका विदेश नीति प्रमुख कल्लासले एक विज्ञप्ति जारी गरी आक्रमणको विरोध गरेका छन्।

“हुथीहरूले अन्तर्राष्ट्रिय ढुवानी र समुद्री कर्मीहरूको ज्यान जोखिममा पार्ने सबै क्रियाकलाप तुरुन्त रोक्नुपर्छ,“ उनले थपे। रेड सीमा साउदी ढुवानीमाथिको यो आक्रमणले मध्यपूर्वमा चलिरहेको युद्धलाई नयाँ तरङ्ग ल्याएको छ र यसले तेलको मूल्यमा उछाल ल्याएको छ।

यो हप्ताको सुरुतिर हूथीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेपछि दुईवटा साउदी तेल ट्याङ्करमा आक्रमण गरेको दाबी गरेका थिए।

कल्लासले रेड सीको महत्वपूर्ण जलमार्गमा जहाजहरूलाई सुरक्षित रूपमा पार गराउन तैनाथ इयूको नौसेना मिसन ‘सबैका लागि नौवहन स्वतन्त्रताको रक्षा गर्न दृढतापूर्वक प्रतिबद्ध रहेको’ बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप