मार्भल युनिभर्समा अर्को ‘घोस्ट राइडर’ बन्दैछन् रायन गोस्लिङ
सारांश
- हलिउड अभिनेता रायन गोस्लिङ मार्भल सिनेमाटिक युनिभर्स (एमसियु)मा घोस्ट राइडरको भूमिकामा देखिने भएका छन् ।
- सान डिएगो कमिक–कन २०२६ मा मार्भल स्टुडियोजका अध्यक्ष केभिन फाइगीले यो नयाँ फिल्मको औपचारिक घोषणा गरेका हुन् ।
- घोस्ट राइडरको निर्देशन शोन लेभीले गर्नेछन्, जसले यसअघि डेडपुल एन्ड वुल्भरिन निर्देशन गरेका थिए ।
लस एञ्जलस । हलिउड अभिनेता रायन गोसलिङ मार्भल सिनेमाटिक युनिभर्स (एमसियु)मा घोस्ट राइडरको भूमिकामा देखिने भएका छन् ।
सान डिएगो कमिक–कन २०२६ मा मार्भल स्टुडियोजले ठूलो घोषणा गर्दै यो जानकारी दिएको हो । मार्भल स्टुडियोजका अध्यक्ष तथा निर्माता केभिन फाइगीले कार्यक्रमका क्रममा यो नयाँ फिल्मको औपचारिक घोषणा गरेका हुन् ।
घोस्ट राइडरको निर्देशन शोन लेभीले गर्नेछन् । उनले यसअघि सन् २०२४ मा प्रदर्शन भएको डेडपुल एन्ड वुल्भरिन निर्देशन गरेका थिए, जुन अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने आर–रेटेड फिल्म बनेको थियो । हाल रायन गोसलिङ र शोन लेभी स्टार वार्सः स्टारफाइटर फिल्ममा पनि सँगै काम गरिरहेका छन् । उक्त फिल्मको पटकथा जोनाथन ट्रोपरले लेखिरहेका छन् ।
यसैबिच, सिनर्सका निर्देशक रायन कुग्लरले ब्ल्याक प्यान्थर ३ पनि निर्देशन गर्ने घोषणा गरेका छन् । सन् २०२८ मा प्रदर्शन हुने लक्ष्य राखिएको यस फिल्ममा इङ्ग्लिस अभिनेता डेभिड जोनसन वाकान्डाका नयाँ राजाको भूमिकामा देखिनेछन् । यसअघि यो भूमिका दिवंगत अभिनेता चाडविक बोसम्यानले निभाएका थिए । उनको सन् २०२० मा क्यान्सरका कारण निधन भएको थियो ।
यसअघि २००७ को घोस्ट राइडर र २०११ को 'घोस्ट राइडरः स्पिरिट अफ वेन्जेन्स'मा निकोलस केजले घोस्ट राइडरको भूमिका निर्वाह गरेका थिए । यी दुई फिल्मले विश्वव्यापी रूपमा ३६ करोड १० लाख डलरभन्दा बढी कमाएका छन् । यी दुबै फिल्म मोटरसाइकल स्टन्टम्यान जोनी ब्लेजको वरिपरि घुमेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा अस्पताललाई ३०० बेडको बनाएर तत्काल सञ्चालन गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सुझाव
-
होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन
-
पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल
-
लुम्बिनीमा नयाँ सरकारबारे अझै औपचारिक छलफल सुरु भएन
-
लागुऔषधसहित भारतमा दुईजना पक्राउ
-
विजयको जननायगन’को बक्स अफिसमा धमाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण