आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

विजयको 'जननायगन’को बक्स अफिसमा धमाका

आइतबार, १० साउन २०८३, १५ : ५०
आइतबार, १० साउन २०८३

मुम्बई । दक्षिण भारतीय फिल्मका सुपरस्टार विजयको बहुप्रतिक्षित फिल्म 'जन नायगन’लाई लिएर फ्यानहरूमा निकै उत्साह देखिएको छ । फिल्म रिलिजको दिन फ्यानहरू नाचगान गर्दै थिएटर पुगेका थिए ।

तमिलनाडुका चर्चित अभिनेता विजयको यो फिल्मले पहिलो दिनमै बम्पर ओपनिङ गरेको थियो ।

फिल्मले पहिलो दिन ४२.७० करोड भारु संकलन गरेको थियो । यद्यपि, पहिलो दिनको तुलनामा दोस्रो दिन व्यापारमा केही गिरावट देखियो । एच विनोदको निर्देशनमा बनेको फिल्मले दोस्रो दिन २१.१५ करोड भारु मात्रै कमाउन सक्यो, जुन पहिलो दिनको तुलनामा करिब आधा हो । फिल्मले तेस्रो दिन अर्थात् शनिबार १९.१५ करोड भारु संकलन गर्‍यो । फिल्मले तमिल भाषामा सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको छ। 

तीन दिनको प्रदर्शनपछि फिल्मको कलेक्सन ८३ करोड भारु पुगेको छ । फिल्म अब १०० करोडको क्लबमा प्रवेश गर्न निकै नजिक छ । फिल्मको आइतबार साँझसम्मको कमाइले सजिलै १०० करोडको आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।

फिल्ममा विजयका साथै पूजा हेगडे मुख्य भूमिकामा छिन् । फिल्ममा बबी देओल, प्रकाश राज र प्रियामणिलगायत कलाकारको समेत अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप